दफा ८८
अनुमतिपत्र निलम्बन गर्न सक्ने
(१) कुनै धितोपत्र बजार वा धितोपत्र व्यवसायीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम विपरित काम गरेमा वा बोर्डले दिएको आदेश वा निर्देशन पालना नगरेमा वा लगानीकर्ताको हितलाई ध्यानमा राखी आपूmले गर्नु पर्ने काम नगरेमा बोर्डले निश्चित अवधि तोकी त्यस्तो धितोपत्र बजार वा धितोपत्र व्यवसायीले यस ऐन बमोजिम धितोपत्र बजार वा धितोपत्र व्यवसाय सञ्चालन गर्न प्राप्त गरेको अनुमतिपत्र निलम्बन गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम अनुमतिपत्र निलम्बन भएको कारणबाट त्यस्तो धितोपत्र बजार वा धितोपत्र व्यवसायीले अनुमतिपत्र निलम्बन हुनुभन्दा अघि गरेको काम कारबाहीबाट सृजित दायित्वमा कुनै असर पर्ने छैन ।